नियम १०
पूँजिगत खर्चको ह्रास
(१) पूँजिगत खर्चको ह्रास पहिलो लेखा अवधि वा सम्पत्तिलाई प्रयोगमा ल्याएको लेखा अवधि मध्ये जुन पछि पर्छ सो अवधिदेखि देहाय बमोजिम कट्टा गरिनेछः–
(क) अन्वेषण पूँजिगत ह्रास तुरुन्तै,
(ख) विकास इनार खन्न, परीक्षण गर्न र पूरा गर्न गरिएको पूँजिगत खर्चको ह्रास चार (४) वर्षमा ।
(ग) अन्य सबै पूँजिगत खर्चको ह्रास छ (६) वर्षमा ।
(२) ह्रास कट्टीको हिसाब सोझो तरिकाको आधार (स्ट्रेटलाइण्ड बेसिस) मा गरिनेछ ।
(३) प्रयोगबाट निकालिएको कुनै सम्पत्तिको ह्रास कट्टी गर्ने बाँकी पूँजिगत खर्चको ह्रास माथि उल्लेखित हिसाबले कट्टा गरिनेछ । तर अप्रत्याशीत रूपले त्यस्तो सम्पत्तिको विनाश वा नोक्सानी भएमा ह्रास कट्टी गर्न बाँकी मूल्य त्यसरी विनाश वा नोक्सानी भएको वर्षमा चालू सञ्चालन खर्चको रूपमा कट्टा गर्न सकिनेछ ।